logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • नेप्सेमा १७.४२ अंकले उकालो, सवा ३ अर्बको कारोबार

    नेप्सेमा १७.४२ अंकले उकालो, सवा ३ अर्बको कारोबार

    7.7K
    SHARES
    नेप्सेमा १७.४२ अंकले उकालो, सवा ३ अर्बको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १७.४२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७३५.९३ को विन्दुमा उक्लिएको छ।

    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेर ५२३.१५ को विन्दुमा पुगेको छ। कारोबार रकम भने सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह सर्वाधिक १.९८ प्रतिशतले उकालो लागेको छ।

    वित्त समूह १.९१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.४८ प्रतिशत, व्यापार समूहमा ०.४८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, विकास बैंक समूहमा १.५१ प्रतिशत, जलविद्युत समूहमा ०.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.०५ प्रतिशत, लघुवित्त समूहमा ०.३ प्रतिशत, जीवन बीमा समूहमा ०.०५ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.३९ प्रतिशतको बढोत्तरी भएको छ। आज उत्पादन तथा प्रशोधन समूह ०.२८ प्रतिशतले ओरालो लाग्दा लगानी समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    यो दिन नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६० लाख ८१ हजार ६०२ कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा किनबेच भएका छन्। आज नेपाल टेलिकमको सर्वाधिक २१ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको १२ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन जीवन विकास लघुवित्तको ११ करोड २२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ४१ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १० करोड २९ लाख रुपैयाँ, अपी पावरको १० करोड २३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ६० लाख रुपैयाँ, साहस ऊर्जाको ७ करोड ३० लाख रुपैयाँ, एचआईडीसीएलको ६ करोड ९७ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मैलुङ खोला जलविद्युतको सेयरभाउमा १० प्रतिशत तथा युनाइटेड इदी मर्दीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन सामलिङ पावरको सेयरभाउमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन सिभिल लघुवित्त, नेपाल हाइड्रो, प्राइम लाइफ इन्स्योरेन्स र समिट लघुवित्तको सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीका सेयरभाउमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।


    अर्थ चाैतारी
  • २०७८ फागुन १०, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट