logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • नेपाल–भारत ऊर्जा बैठक आजदेखि, प्रसारण लाइनका विषयमा छलफल हुने

    नेपाल–भारत ऊर्जा बैठक आजदेखि, प्रसारण लाइनका विषयमा छलफल हुने

    5.6K
    SHARES
    नेपाल–भारत ऊर्जा बैठक आजदेखि, प्रसारण लाइनका विषयमा छलफल हुने

    काठमाडौं । नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दै छ। काठमाडौंमा हुन बैठकमा दुई देशबीचको विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माणदेखि नीतिगत समस्याका विषयमा छलफल हुने जनाइएको छ।

    प्रत्येक छ महिनामा बस्ने प्रावधान रहेको यो बैठक एक वर्षअघि भर्चुअल रूपमा सम्पन्न भएको थियो। त्यसअघि २०७६ सालमा भारतको बैंग्लोरमा सम्पन्न भएको थियो। कोरोना महामारीका कारण बैठक समयमा बस्न सकेको थिएन। नेपालले खास गरी विद्युत् निर्यातका लागि यस पटकको बैठकमा विशेष प्राथमिकता दिनेछ। आगामी वर्षातमा नेपालको बिजुली धेरै भएर खेर जाने अवस्था आउने भएकाले त्यसअघि नै खुला बजारमा पहुँच स्थापित गर्न भारत पक्षलाई प्रस्ताव गर्ने बताइएको छ ।

    नेपाल विद्युत् प्राधिकरणले हालसम्म भारतीय डे अहेड मार्केटमा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट मात्र विद्युत् निर्यातको अनुमति पाएको छ । चार सय केभी क्षमताको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनलाई थप क्षमतामा सञ्चालन गर्ने विषय पनि बैठकमा छलफल हुनेछ। त्यस्तै, न्यु बुटवल–गोरखपुर प्रसारण लाइन निर्माण अवस्थाको समीक्षा र लम्की–बरेली प्रसारण लाइन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ।


    अर्थ चाैतारी
  • २०७८ फागुन ११, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट