काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times