logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • पहिलो दिनमै नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन

    पहिलो दिनमै नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन

    3.5K
    SHARES
    पहिलो दिनमै नेष्डो समृद्ध लघुवित्तको आईपीओमा मागभन्दा १० गुणा बढी आवेदन

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १० दशलमव १५ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङका अनुसार बुधवार साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जना आवेदकबाट ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ताका शेयरको लागि आवेदन परेको हो ।



    कम्पनीले बुधवारदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये १२ हजार ७५० कित्ता कर्मचारीको लागि, ४१ हजार ४३७ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १५ र ढिलामा फागुन २५ गते सम्म रहेको छ । यसअघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ ।

    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved