logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • नेप्सेमा ५९ अंकको पहिरो, ४ अर्ब २९ करोडको कारोबार

    नेप्सेमा ५९ अंकको पहिरो, ४ अर्ब २९ करोडको कारोबार

    7.5K
    SHARES
    नेप्सेमा ५९ अंकको पहिरो,  ४ अर्ब २९ करोडको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भारी गिरावट आएको छ। आज बजार ५८.९९ अंकले ओरालो लागेको हो।

    योसँगै नेप्से परिसूचक २६६१.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.३६ अंकले घटेर ५०७.५८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने हिजोको तुलनामा बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

    यो दिन वित्त समूह सर्वाधिक ३.०१ प्रतिशतले ओरालो लागेको छ। जीवन बीमा समूह २.८६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.७४ प्रतिशत, व्यापार समूहमा १.७६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५९ प्रतिशत, विकास बैंक समूहमा २.४८ प्रतिशत, जलविद्युत समूहमा २.६९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९५ प्रतिशत, अन्य समूहमा २.७५ प्रतिशत, लघुवित्त समूहमा २.११ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२८ प्रतिशत र लगानी समूहमा २.२९ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेसनल हाइड्रोपावरको सर्वाधिक २६ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २५ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको १४ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ५५ लाख रुपैयाँ, अपी पावरको ११ करोड ८८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड २५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ५९ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको १० करोड १८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन युनभिर्सल पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • बिहिबार, १२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट