logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • युक्रेन संकटबीच रुसका अर्बपतिले ९० अर्ब डलर गुमाए: फोर्ब्स

    युक्रेन संकटबीच रुसका अर्बपतिले ९० अर्ब डलर गुमाए: फोर्ब्स

    • artha chautari
    • शुक्रबार, १३ फाल्गुन २०७८
    8K
    SHARES
    युक्रेन संकटबीच रुसका अर्बपतिले ९० अर्ब डलर गुमाए: फोर्ब्स

    काठमाडौं । फोर्ब्समा छापिएको एक रिपोर्ट अनुसार युक्रेनमा चलिरहेको हमलाका बीच रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् । फोर्ब्सको यो रिपोर्टमा इयन मार्टिनले रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका शीर्ष अर्बपतिको बैठक पनि बोलाएको जानकारी दिए ।

    जबदेखि रुसका राष्ट्रपति पुटिनले युक्रेनमाथि हमलाको घोषणा गरे, त्यतिबेलादेखि शेयर बजार पनि नराम्रोसँग खस्कियो । यसैकारण पनि मानिसलाई ठूलो हानी भएको छ । यसैबीच अमेरिका, बेलायत र युरोपेली संघले पनि आफ्नो प्रतिबन्धमा रुसका बैंक र अर्बपतिलाई निशाना बनाएका छन् । उनीहरुको सम्पत्ति फ्रिज गरिएको छ र उनीहरुको आवतजावतमा पनि रोक लगाएको छ ।

    फोर्ब्सको आँकडाले दिएको जानकारी अनुसार १६ फेब्रुअरीदेखि रुसी अर्बपतिले करिब ९० अर्ब डलर गुमाएका छन् । यीमध्ये करिब ३९ अर्ब डलरको हानी बिहिबार मात्रै भएको छ । ब्लूमबर्गले पनि यहि रिपोर्ट दिएको छ । रुसको सेयर बजार ३३ प्रतिशतसम्म खस्कियो जबकी डलरको तुलनामा रुबलको मूल्य रेकर्डस्तरमा तल गयो । फोर्ब्सले बताए अनुसार रुसका जुन अर्बपतिलाई भारी हानी भएको छ त्यसमा एलेक्पेरोफ, मिदेल्सन, मोरदाशोफ, पोतेनिन र केरिमोफको नाम शीर्ष स्थानमा छ ।

     


    artha chautari
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट