logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • चालू आवमा ‘कर्पोरेट पे’ ले गर्‍यो ५५ अर्ब रुपैयाँको कारोबार

    चालू आवमा ‘कर्पोरेट पे’ ले गर्‍यो ५५ अर्ब रुपैयाँको कारोबार

    6.9K
    SHARES
    चालू आवमा ‘कर्पोरेट पे’ ले गर्‍यो ५५ अर्ब रुपैयाँको कारोबार

    काठमाडौं । कर्पोरेट पे प्रणालीले चालू आवमा ५५ अर्ब रुपैयाँको कारोबार गरेको छ। बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यावसायिक एवम् संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी नेपाल क्लियरिङ हाउसले कर्पोरेट पे सञ्चालन गरेको हो।



    अहिले उक्त प्रणालीमा ४७ बैंक तथा वित्तीय संस्थाहरुबाट २६ सय भन्दा बढी व्यवसायिक ग्राहक आबद्ध भइसकेको कम्पनीले जनाएको छ। कर्पोरेट पेमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारको राजस्व भुक्तानीलगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन कम्पनीले जनाएको छ। पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ।

    उक्त प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइममा प्रतिकारोबार २० करोड रुपैयाँसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोड रुपैयाँसम्म गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved