logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

    सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

    2.7K
    SHARES
    सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

    काठमाडौं । यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको मूल्य बढेको सातामा चाँदीको मूल्य पनि बढेको छ । यो साताभरमा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३०५ रुपैयाँ रहेको चाँदीको मूल्य हिजो शुक्रबार १३३५ रुपैयाँ छ ।

    रुसले युक्रेनमाथि सैन्य हमला सुरू गरेसँगै विश्वव्यापीरूपमा सुनको मूल्य उकालो लाग्दा त्यसको प्रभाव नेपालमा पनि परेको हो । रुस–युक्रेन युद्ध सुरू भएसँगै विश्वबजारमा सुनसँगै खाने तेल र पेट्रोलियम पदार्थ तथा अन्य औद्योगिक कच्चा वस्तुको मूल्य बढेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, १४ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved