logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ प्रहरीकै अगाडी संसदमा

    बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ प्रहरीकै अगाडी संसदमा

    10.1K
    SHARES
    बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ प्रहरीकै अगाडी संसदमा

    काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँ चिरी चट्ट परेर प्रवेश गरि रहँदा प्रहरी भने मौन रहेको छ । जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ आजको संसद बैठकमा सहभागी हुन संसद भवन छिरिसकेका छन्‌।

    सांसद बानियाँ ढाकाटोपीमा सजिएर फुर्तिफार्तीका साथ संसद भवन पुगेको संसदका एक कर्मचारीले बताए। उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेलेले पूर्वमन्त्रीसमेत रहेका सांसद बानियाँलाई पक्राउ नगरेको बताए । “हामीले प्रक्रिया अगाडि बढाउन सबै काम सकिसकेका छौँ । सांसद बानियाँले हामीलाई खबर गरेर केही दिनमा आउने भन्नुभएको छ । एमसीसीलगायत सदनका काम सकाएर म आफैं आउँछु भन्नुभएको छ । नआए हामी आफ्नो तरिकाले पक्राउ गर्छौ,” डीएसपी न्यौपानेले भने ।

    यही फागुन ४ गते जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटेलमा आफूमाथि जबरजस्ती करणी गरेको भनी मुद्दा दायर गरेकी थिइन्‌ । त्यसपछि जिल्ला अदालत बाँकेले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । अदालतले उनलाई पक्राउ गर्न आदेश दिए पनि सांसद बानियाँ प्रहारीको सलाम खाँदै संसद भवन पुग्नुलाई धेरैले अचम्म मानेका छन्‌।


    अर्थ चाैतारी
  • आइतबार, १५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved