logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • सभामुख र माधव नेपालहरूको पद जाने भएकाले एमसीसीको पक्षमा उभियौंः प्रचण्ड

    सभामुख र माधव नेपालहरूको पद जाने भएकाले एमसीसीको पक्षमा उभियौंः प्रचण्ड

    • artha chautari
    • आइतबार, १५ फाल्गुन २०७८
    7.5K
    SHARES
    सभामुख र माधव नेपालहरूको पद जाने भएकाले एमसीसीको पक्षमा उभियौंः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने भएकाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदनको निर्णय गरिएको बताएका छन् ।

    माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पास गर्ने निर्णय भएकाले यसलाई गलत अर्थमा नबुझ्न आग्रह गरेका हुन् । प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘तपाईंहरूले देखिहाल्नुभयो गठबन्धन भत्काउन केपी ओलीले कति अग्रसरता देखाए । बालकोट र बालुवाटारको उठबस बाक्लियो । यसबाट हामीले संघर्ष गरेर बनाएको प्रतिगमनविरोधी गठबन्धन भत्किने, संविधान संकटमा पर्ने र केपी ओली फेरि हाबी हुने भए ।’

    गठबन्धन पनि जोगिने र एमसीसी पनि समाधान हुनेगरी व्याख्यात्मकटिप्पणीको निर्णय भएको र यसलाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा लगिने उनले बताए । बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणी पढेर सुनाएका छन् ।


    artha chautari
  • आइतबार, १५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट