काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न लघुवित्त र क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक बासु थपलियाले हस्ताक्षर गरेका हुन् । सम्झौता २०७८ फागुन १३ गतेदेखि लागू हुने प्रभु क्यापिटलले जानकारी दिएको छ ।
सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक लगायत काम गर्नेछ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times