logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • ६०० रुपैयाँले घट्यो सुनको मूल्य

    ६०० रुपैयाँले घट्यो सुनको मूल्य

    5.6K
    SHARES
    ६०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो ।



    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घट्दै आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved