logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • एमसीसीबारे एमालेको प्रतिक्रिया: सत्ता गठबन्धनको छेपारे प्रवृत्ति उदांगो भयो

    एमसीसीबारे एमालेको प्रतिक्रिया: सत्ता गठबन्धनको छेपारे प्रवृत्ति उदांगो भयो

    • arthachautari
    • मंगलबार, १७ फाल्गुन २०७८
    6.4K
    SHARES
    एमसीसीबारे एमालेको प्रतिक्रिया: सत्ता गठबन्धनको छेपारे प्रवृत्ति उदांगो भयो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनको दोहोरो चरित्र उदांगो भएको जनाएको छ। एमसीसी पास भएको दुई दिनपछि मंगलबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसो भनेका हुन्।

    ‘अमेरिकी सहयोग निकाय एमसीसीसँगको सम्झौता फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको छ। यसक्रममा निहित स्वार्थसहित सत्ता गठबन्धनबाट चालिएका चालको पटाक्षेप भएको छ’, ओलीले विज्ञप्तिमा भनेका छन्,’यसक्रममा अनेक भ्रम फिँजाइएको थियो। दुई पक्षीय या बहुपक्षीय लगानीमा एक पक्षीय घोषणा गरिएको छ। व्याख्यात्मक घोषणाका नाममा सत्ता सञ्चालकको छेपारे प्रवृत्ति उदांगो भएको छ।’

    एमालेले संघीय संसदमा दुवै सदनमा अवरोध हुँदा हुँदै जवरजस्ती पारित गरिएको जनाएको छ। ुहाम्रो पार्टीले दुवै सदनमा अवरोध गरिरहेको छ। संसदमा अवरोधका बीच एमसीसी अनुमोदन गरिएको छु, विज्ञप्तिमा भनिएको छ, ुहामीले भारतले मिचेको भूमि समेटेर नक्सा पास गर्दा राष्ट्रिय एकता देखाइएको थियो। तर एमसीसीमा प्रधानमन्त्री चुकेका छन्।ु


    arthachautari
  • मंगलबार, १७ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट