logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन: ओली

    एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन: ओली

    • artha chautari
    • मंगलबार, १७ फाल्गुन २०७८
    5.2K
    SHARES
    एमसीसी सम्झौता गर्दा एमालेसँग कुनै सल्लाह भएको थिएन: ओली

    काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् । आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमान धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा हेर्नुपर्ने बताएका हुन् ।

    उनले भने,’गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’ एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्‍बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण  सुरुदेखि रहेको पनि स्पष्ट पारे ।

    आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष अ‍ोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर  एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला  फैलाएको प्रति आपत्ति जनाए ।


    artha chautari
  • मंगलबार, १७ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट