काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९९ हजारमा पुगेको छ। त्यस्तै बुधबार चाँदीको भाउ पनि तोलाको ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।