logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • ७ रुसी बैंकमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध

    ७ रुसी बैंकमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध

    • artha chautari
    • बुधबार, १८ फाल्गुन २०७८
    6.4K
    SHARES
    ७ रुसी बैंकमाथि दक्षिण कोरियाले लगायो प्रतिबन्ध

    काठमाडौँ । दक्षिण कोरियाले सातवटा रुसका मुख्य बैंक र तिनका शाखामाथि वित्तीय कारोबारमा प्रतिबन्ध लगाएको छ। कोरियाली अर्थ मन्त्रालयले मंगलबार अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीसँगको परामर्शपछि प्रतिबन्धबारे सार्वजनिक गरेको हो।

    प्रतिबन्धित भएका रुसी बैंकहरुमा बरबैंक, भीईबी, पीएसबी, भीटीबी, अटक्रिटी, सोभकोम र नोभिकोम रहेका छन्। अमेरिकी प्रतिबन्धको ग्रेस अवधिसम्म प्रतिबन्ध लागू हुनेछ। योसँगै कृषि, कोभिड उपचार र ऊर्जा सहयोगका क्षेत्रलाई यसबाट अलग गरिएको छ।

    मन्त्रालयले स्थानीय सार्वजनिक र वित्तीय संस्थालाई बुधबारदेखि जारी हुने रुसी सरकारी ऋणपत्रमा लगानी गर्न बन्देज लगाइएको हो। यसबाहेक दक्षिण कोरियाले पनि युरोपेली संघले विस्तृतमा रुसी बैंकहरुलाई स्विफ्ट ग्लोबल पेमेन्टबाट रोक्ने योजना ल्याएपछि तुरुन्तै रोक लगाउने निर्णय गरेको छ।


    artha chautari
  • बुधबार, १८ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट