काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ। यसका साथै ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र १ सय २५ रुपैयाँमा सुचारु गर्न सक्छन्। त्यस्तै ननस्टप युट्युब प्याकअन्तर्गत ग्राहकले करसहित मात्र १ सय ४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा ननस्टप पहुँच पाउँछन्।
पहिला ग्राहकले यस युट्युब प्याकमा यही मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए। अब यो भोलुम बढेर ४ जीबी भएको छ। यी प्याकहरु आज मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन्। ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन्।
त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्छन्। ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन्। यी प्याकहरु सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ। डेटा प्याकअन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटासहित भाइबर म्यासेजिङका लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनै पनि समय सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times