काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पूँजी बजारबारे छलफल कार्यक्रम आयोजना गरेका छन् । पूँजी बजारबारे भ्रमात्मक सूचना प्रवाह रोक्न, सरकारको सकारात्मक धारणा सार्वजनिक गर्न र नियामक दुई निकायमा नवनियुक्त प्रमुखहरुको धारणा लिन अर्थमन्त्रीले छलफल डाकेका हुन् ।
छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई पनि अर्थमन्त्री शर्माले मन्त्रालयमा डाकेका छन् ।
पूँजी निर्माण कसरी गर्ने, लगानीकर्ताको प्रतिफल सुनिश्चित गर्ने, आयोजनाहरूमा पूँजी बजारलाई कसरी संलग्न गराउने भन्नेमा आफू केन्द्रित रहेको उनले बताए । सेबोन र नेप्सेका प्रमुखहरुलाई पनि अर्थमन्त्रीले सुझाव दिएका छन् । नेप्से र सेबोनबीच आपसी तालमेल मिलाउन निर्देशन दिँदै उनले समस्या हटाउन पनि निर्देश गरेका छन् ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times