logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • सेयर बजारमा ६४ अंकको पहिरो, ३ अर्ब ६२ करोडकाे काराेबार

    सेयर बजारमा ६४ अंकको पहिरो, ३ अर्ब ६२ करोडकाे काराेबार

    8.1K
    SHARES
    सेयर बजारमा ६४ अंकको पहिरो, ३ अर्ब ६२ करोडकाे काराेबार

    काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २५ सय भन्दा तल झरेको छ । बुधबार ६३ दशमलव ९८ अंकले घटेर नेप्से परिसूचक १५ सय ४६ दशमलव ६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५२ अंकले घटेको छ ।

    नेप्से परिसूचकमा उच्च अंकको गिरावट आउदा कारोबार रकममा पनि उल्लास देखिएन । बुधबार ५५ हजार २१२ कारोबारबाट २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ धितोपत्र कारोबार भएका छन् । जसबाट काुरोबार रकम ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा रोकिएको छ ।

    बजारमा उच्च अंकको गिरावट आउँदा तीन कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । सबैधन्दा धेरै बढ्नेमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य २२ रुपैयाँले बढेर ५७२ रुपैयाँ पुगेको छ । यसैगरी सिभिल बैंकको सेयर मूल्य २.८ रुपैयाँले बढेर २२६.३ रुपैयाँ पुगेको छ भने स्वावलम्बन लघुवित्तको सेयर मूल्य २० रुपैयाँले बढेर १ हजार ८८० रुपैयाँ पुगेको छ । बाँकी सबै कम्पनीहरुको सेयर मूल्य बुधबार घटेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved