logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • पछिल्लो २४ घण्टामा देशभर १२७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर १२७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

    • arthachautari
    • बुधबार, १८ फाल्गुन २०७८
    7.2K
    SHARES
    पछिल्लो २४ घण्टामा देशभर १२७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण भएको थियो ।

    यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् । यस्तै हालसम्म ११ हजार ९४१ जनाको मृत्यु भएको हो । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।


    arthachautari
  • बुधबार, १८ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट