logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

    सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

    • artha chautari
    • बिहिबार, १९ फाल्गुन २०७८
    7.1K
    SHARES
    सुनको मुल्य ४ सय रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।


    artha chautari
  • बिहिबार, १९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट