logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • Advertisment

    सिटिजन लाइफले साधारणसभा बोलायो, आइपीओ निष्कासनको प्रस्ताव पेश गरिँदै

    सिटिजन लाइफले साधारणसभा बोलायो, आइपीओ निष्कासनको प्रस्ताव पेश गरिँदै

    • arthachautari
    • शुक्रबार, २० फाल्गुन २०७८
    7.6K
    SHARES
    सिटिजन लाइफले साधारणसभा बोलायो, आइपीओ निष्कासनको प्रस्ताव पेश गरिँदै

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभाको मिति तोकेको छ । इन्स्योरेन्सको फागुन १३ गते बसेको बैठकले सभाको मिति तय गरेको हो ।

    चैत ११ गते भर्चुअल माध्यमबाट छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजदेखि साधारणसभा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । साधारणसभाले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले सभामा आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना कोषमा कम्पनीको तर्फबाट गरिएको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदनका लागि पेश गर्ने भएको छ ।

    कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।


    arthachautari
  • शुक्रबार, २० फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट