काठमाडौं । डिजिटल वालेटमा विभिन्न नवीनतम योजनाहरु ल्याइरहेको माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो ।
माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पेमार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार भएको दुई दिनपछि ग्राहकको १ लाखको बीमा योजना कार्यान्वयन हुने जनाइएको छ । बीमा योजना कार्यान्वयन भएको जानकारी एसएमएस मार्फत गराइने कम्पनीले प्रस्ट पारेको छ ।
बीमा सुविधा बाहेक माई पेबाट हवाई टिकट बुकिङ गर्दा क्यास ब्याक तथा एक रुपैयाँमा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा रहेको छ । यस्तै माई पे प्रयोग कर्ताले अधिकतम २५ प्रतिशतसम्मको क्यास ब्याक उपयोग गर्दै आइरहेको बताइएको छ । साथै विभिन्न चाडपर्व विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै आकर्षक योजनाहरु ल्याउने माई पेले जनाएको छ ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times