logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • राष्ट्र बैंकको चौथो रणनीतिक योजना सार्वजनिक

    राष्ट्र बैंकको चौथो रणनीतिक योजना सार्वजनिक

    7.5K
    SHARES
    राष्ट्र बैंकको चौथो रणनीतिक योजना सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो रणनीतिक योजना (२०२२र/२६) सार्वजनिक गरेको छ । उक्त योजनामा मुद्रास्फीतिलाई दीर्घकालीन रुपमा कम गर्दै जाने, दीर्घकालीन रुपमा ब्याजदर कम गर्ने, विनिमय दर कम स्थिर राख्ने, लगानी प्रोत्साहन गर्ने, दिगो आर्थिक लक्ष्य हासिल गर्ने उल्लेख छ ।

    यस्तै राष्ट्र बैंकले आर्थिक विकासमा योगदान पुर्याउने खालका गतिविधिलाई प्राथमिकतामा राख्ने भएको छ । यस्तै समष्टि अर्थिक स्थिरता सुतिश्चितता प्रदान गर्ने, मुद्रा आपूर्ती लगायतका काम गर्ने प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा समावेशी वित्तीय प्रणाली अनुकुल विकास गर्ने छ । वित्तीय स्थायित्वका लागि आवश्यक नीति, निर्देशन बनाउने तथा भएकालाई परिमार्जन गर्ने र कार्यान्वयनमा ल्याउने, वित्तीय समावेशीकरण, वित्तीय साक्षरतामा जोड दिने भएको छ ।

    यो अवधिमा डिजिटलाइजेशनलाई पनि प्रबर्धन गर्ने रणनीति लिएको छ । डिजिटलाइजेशनका साथै डिजिटल वित्तीय इकोसिस्टममा प्रयोगकताएहरु, सेवा प्रदायकहरु, पूर्वाधार, आवश्यक नीति तथा कानून रणनीतिक योजनामा छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved