logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • शाइन रेसुङ्गा डेभलपमेण्टको १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर विक्रीमा

    शाइन रेसुङ्गा डेभलपमेण्टको १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर विक्रीमा

    • artha chautari
    • शुक्रबार, २० फाल्गुन २०७८
    5.6K
    SHARES
    शाइन रेसुङ्गा डेभलपमेण्टको १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १ लाख ९९ हजार २३४ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको १ लाख ५० हजार कित्ता, प्रतिमा अर्यालको नाममा रहेको ४५ हजार ९९१ कित्ता र धन बहादुर कार्कीको नाममा रहेको ३ हजार २४३ कित्ता शेयर विद्यमान संस्थापक शेयर विक्री गर्न लागेको बैंकले जनाएको छ ।

    संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । शेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ, २५० रुपैयाँ र २ सय रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बुटबल ११ कालिकानगरमा लिखित निवेदन पेश गर्न सक्नेछन् ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुने नसेकेमा यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने बैंकले जनाएको छ ।


    artha chautari
  • शुक्रबार, २० फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट