logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • ४५ लाख धरौटी बुझाउन नसक्दा ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

    ४५ लाख धरौटी बुझाउन नसक्दा ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

    6.6K
    SHARES
    ४५ लाख धरौटी बुझाउन नसक्दा ग्रीनलाइनका सञ्चालक अग्रवाल जेल चलान

    काठमाडौं । दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा डिल्लीबजार कारागारमा जेल चलान भएका हुन् ।

    महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सुदीप गिरीका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो । अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दिएका थिए । अदालतले दुई वटा उजुरीमा ४० लाख र ५ लाख गरी ४५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

    अग्रवाल केही समय अघि बैंक तथा मिटरब्याजीको ऋण तिर्न नसकेर परिवारसहित भागेर भारत पुगेका थिए । तर त्यसको केही समयपछि अमित अग्रवाल नेपाल फर्किएर पत्रकार सम्मेलन गर्दै सबैको ऋण चुक्ता गर्ने समेत बताएका थिए । त्यसको केही समयपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो ।


    अर्थ चाैतारी
  • २०७८ फागुन २१, शनिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट