logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

    आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

    6.9K
    SHARES
    आजदेखि आईएमई जनरल इन्स्योरेन्सको ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला

    काठमाडाैं । आईएमई जनरल इन्स्योरेन्सले आइतबारदेखि ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद (राइट) सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले फागुन २२ गतेदेखि चैत १३ गतेसम्मका लागि कुल पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

    कम्पनीको हाल १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ । इच्छुक सेयरधनीहरूले इन्स्योरेन्सको हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने चैत १३ गतेसम्म दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

    हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरलको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रदका लागि इक्रा नेपालबाट त्रिपल बी रेटिङ पाएको छ ।


    अर्थ चाैतारी
  • २०७८ फागुन २२, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट