logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • कतिमा भयो इमर्जिङ नेपालको पहिलो सेयर कारोबार ?

    कतिमा भयो इमर्जिङ नेपालको पहिलो सेयर कारोबार ?

    3.3K
    SHARES
    कतिमा भयो इमर्जिङ नेपालको पहिलो सेयर कारोबार ?

    काठमाडौं । धितोपत्र दोस्रो बजारमा आज आइतबारबाट इमर्जिङ नेपाल लिमिटेडको सेयर कारोबार खुलेको छ।



    नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको ओपनिङ रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएपछि नियमित समयका लागि कारोबार खुलेको छ। यो कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८७.१० रुपैयाँमा भएको छ। पहिलो कारोबारका लागि यो कम्पनीले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतममा ३१५.३३ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो।

    यो कम्पनीको कारोबार संकेत भने ‘ईएनएल’ रहेको छ। यो कम्पनीको आईपीओ गत शुक्रबार (नेप्से)मा सूचीकृत भएको थियो। इमर्जिङ नेपालले गत माघ २६ गतेबाट फागुन १ गतेसम्म ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको थियो।


    अर्थ चाैतारी
  • आइतबार, २२ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट