logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • साताको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार

    साताको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार

    7.4K
    SHARES
    साताको पहिलो दिन नेप्सेमा सामान्य गिरावट, २ अर्बको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज बजार ३.६६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४३.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढेर ४९०.१३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने साढे २ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएको छ।



    आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १.२४ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.८५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२ प्रतिशत र होटेल तथा पर्यटन समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.०८ प्रतिशतले ओरालो लागेको छ। जीवन लाइफ इन्स्योरेन्स १.२४ प्रतिशतले घटेको यो दिन व्यापार समूहमा ०.४७ प्रतिशत, जलविद्युत समूहमा ०.७१ प्रतिशत, वित्त समूहमा ०.६४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२ प्रतिशत, लघुवित्त समूहमा ०.०६ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ५१ लाख ३९ हजार २३९ कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँको कारोबार भएको छ।आज शिवम सिमेन्टको सर्वाधिक १५ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन अपी पावरको ११ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ६६ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ४४ लाख रुपैयाँ, युनिभर्सल पावरको ५ करोड ७५ लाख रुपैयाँ र एचआईडीसीएलको ४ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। यो दिन शिवम सिमेन्टका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved