logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • नेपाली बजारमा ओपो ए७६ सार्वजनिक गर्ने तयारी, ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जित

    नेपाली बजारमा ओपो ए७६ सार्वजनिक गर्ने तयारी, ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जित

    7.2K
    SHARES
    नेपाली बजारमा ओपो ए७६ सार्वजनिक गर्ने तयारी, ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता सुसज्जित

    काठमाडौं । वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपालमा आफ्नो लोकप्रिय फोनको सिरिज “ए” अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गर्ने घोषणा गरेको छ।

    ओपो ए७६मा ओपोले आफ्नोे स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्कने जानकारी दिएको छ। ओपो ए७६मा अभूतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिष्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेस रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिने बताइएको छ। प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यक पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध हुने जानकारी दिइएको छ।

    ‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए७६मा कुनै सम्झौता गरिएको छैन। ट्रेन्डी डिजाइन सहितको यो फोनमार्फत सक्रिय अवस्थामा अमूल्य पलहरुलाई तस्विरमा कैद गर्ने कार्यमा सहजतार्थ उच्च कोटीका एआई सक्षम क्यामेराहरु पनि दिइएको छ। यसमा प्रयोग गरिएको ३३ वाट सुपरभोक चार्जिङ सुविधासहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ता बिना आफ्नो दैनिकीको मज्जा लिन सघाउँछ’, ओपो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने।


    अर्थ चाैतारी
  • आइतबार, २२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved