logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

    सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

    6.5K
    SHARES
    सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै सनराइज बैंकको फर्पिङ शाखाले दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।



    कार्यक्रम सनराइज बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँग सहकार्य गरी आयोजना गरेको हो। करिब १०० जना स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सतर्कता, सुरक्षित रेमिट्यान्स प्रणाली, लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो।

    कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल, नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिहरुले बिभिन्न विषयमा सहभागीहरुलाई साक्षरता प्रदान गरेका थिए। केही समय अघि सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ्ग गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियान समेत गरेको थियो।

    सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुँच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनून्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ।

    हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखा रहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २२ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved