logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • कर्पोरेट पेमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा

    कर्पोरेट पेमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा

    3.3K
    SHARES
    कर्पोरेट पेमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा

    काठमाडौं । व्यावसायिक भुक्तानीको प्लेटफर्म कर्पोरेट पे प्रणालीको स्तरोन्नती गरी विभिन्न सुविधाहरुसँगै अब अनलाइन दर्ता गर्न सकिने सुविधा पनि थप गरिएको छ।



    बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब सञ्चालन गर्न सक्नेछन्। साथै, उक्त प्रणालीमा उपयोगिता तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि छिटो पेमेन्ट खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन्।

    अनलाइन रजिष्ट्रेसनका निम्ती बैंकरवित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले corporatepay.connectips.com मा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप पदानुक्रमिक भूमिका असाइन गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्दछन्।

    सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सम्बिट गरिएका कागजपत्रका आधारमा सेवा सञ्चालन गर्न सक्नेछन्। यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंकरवित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै एपरोभल लिई सेवा सञ्चालन गर्न सकिने हुँदा कर्पोरेट पे प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved