logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • सेयर बजारमा सामान्य सुधार, १.५४ अंकले बढ्यो नेप्से

    सेयर बजारमा सामान्य सुधार, १.५४ अंकले बढ्यो नेप्से

    6.6K
    SHARES
    सेयर बजारमा सामान्य सुधार, १.५४ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज पुँजी बजार मापन परिसूचक नेप्से १.५४ अंकले बढेर २५४४.९३ बिन्दुमा आइपुगेको छ। सातको पहिलो कारोबार दिन आइतबार ३.६६ अंकले घटेको सेयर बजार आज १.५४ अंकले बढेको हो। यसैगरी आज क वर्षको कम्पनी मापन गर्ने परिसूचक सेन्सेटिभ सूचक पनि २.१४ अंकले बढेर ४९२.३६ बिन्दुमा आएको छ।

    साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा २ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आइतबार २ अर्ब ४९ करोड रुपैयाँ हाराहारीमा मात्र सेयर कारोबार भएको थियो। यसैगरी, आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३० कम्पनीका ५३ लाख १५ हजार २९२ कित्ता सेयर ४० हजार १३० पटक किनबेच भएको छ। आज नेप्सेका अनुसार १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने बाँकी आठ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा अन्य कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी १.५८ प्रतिशत बढेको छ।

    यसैगरी सबैभन्दा धेरै फाईनान्स उपसमूहको सेयर मूल्य घटेको छ। यस उपसमूहको सेयर मूल्य आज १.३४ प्रतिशतले घटेको नेप्सेले जानकारी दिनएको छ। आज सबैभन्दा धेरै बुद्धभुँमि जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीका लगानीकर्ताको सेयर मूल्य आज ५.८९ प्रतिशतले बढेको छ। यसैगरी आज सबैभन्दा धेरै पाँचथर पावर जलविद्युत कम्पनीका कलगानीकर्ताले गुमाएका कछन्। आज यस कम्पनीका लगानीकर्ताले ६.९० प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएका छन्।


    अर्थ चाैतारी
  • सोमबार, २३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved