logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • शेयर बजारमा इन्साइडर ट्रेडिङ गर्ने ब्रोकरलाई कारवाही गर्ने बोर्ड चेतावनी

    शेयर बजारमा इन्साइडर ट्रेडिङ गर्ने ब्रोकरलाई कारवाही गर्ने बोर्ड चेतावनी

    10K
    SHARES
    शेयर बजारमा इन्साइडर ट्रेडिङ गर्ने ब्रोकरलाई कारवाही गर्ने बोर्ड चेतावनी

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजारमा इन्साइडर ट्रेडिङ अर्थात भित्रभित्रै चलखेल गरेर सेयर कारोबार गर्ने  ब्रोकरलाई तत्काल कारबाही गर्ने चेतवनी दिएका छन् । सोमबार बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमाल टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरबारे कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।



    उनले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइएका तत्काल कारबाही गर्ने बताए । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नु पर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको भनाइ छ । उनले कसैले पनि साना लगानीकर्तालाई अफ्ठ्यारो पर्ने किसिमले नभएर साना लगानीकर्ताको हितमा काम नियमावलीहरु बनाउनु पर्ने जरुरी रहेको बताए । अहिले लगानीकर्तालाई लागत बढी लागि रहेको स्वीकार गर्दै उनले शुल्क घटाउने विषयमा अध्ययन गर्ने उल्लेख गरे ।

    ‘लगानीकर्ताको हितको लागि धितोपत्र बोर्डले अहिले साना लगानीकर्तालाई कसरी प्रयोग गर्ने । कुनै पनि बजारको मुद्धामा वा बजारको नियमावलीमा होस् प्रोभिजन लगायत सबै कुराको केन्द्रित साना लगानीकर्ताहरुलाई अफ्ठ्यारो पर्ने काम नहोस् । प्लस टु को  सेटलमेन्टको कुरा होस् त्यो तुरुन्त होस्।  टि प्लस टुको सेटलमेन्ट नभए हामी ब्रोकरलाई तुरुन्त कारबाही गछौं’, उनले भने, ‘लगानीकर्ताको पैसा ब्रोकरका साथीहरु कसैले जानेर वा नजानेर टि प्लस टु सेटलमेन्ट नगर्ने, अन्य क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई एक महिनापछि मात्रै पैसा दिने काम भएको छ भने धितोपत्र बोर्डले उचित कारबाही गर्छ । अहिलेको प्रविधि बढेको अवस्था अनुसार गर्दा लगानीकर्तालाई अफ्ठ्यारो नहुने गरी कुन मोडलमा हुन्छ । त्यो मोडलको अध्ययन गरेर लगानीकर्तालाई राहत दिने योजना छ। इन्साइडर ट्रेडिङ भएको छ भने कारबाही गछौं ।’

    त्यस्तै अध्यक्ष हमालले धेरै नाफा कमाउने रियल स्ट्रेड कम्पनीहरुलाई बुक विल्डिङ बाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताए । उनले नेपालमा १२ सय भन्दा धेरै सरकारलाई राजश्व तिर्ने कम्पनीहरु नै नेप्सेमा सूचीकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा समावेश गर्न बोर्डले सहजीकरण गर्ने योजना रहेको बताए ।  अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनीहरु नेप्सेमा आए बोर्डले सहजिकरण गर्न तयार रहेको बताए । उनले ठूला कम्पनीहरु नेप्सेमा समावेश भए लगानीकर्ताको जोखिम कम हुने दाबी गरे ।


    अर्थ चाैतारी
  • सोमबार, २३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट