logo

२०८१ मंसिर २४ सोमबार

logo
  • सोमबार, २४ मंसिर २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण

    महालक्ष्मी विकास बैंकद्वारा विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण

    • artha chautari
    • सोमबार, २३ फाल्गुन २०७८
    6.9K
    SHARES
    महालक्ष्मी विकास बैंकद्वारा विद्युतिय आर ओ प्लान्ट हस्तान्तरण

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुयाउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

    सोही कार्यलाइ निरन्तरता दिदै यस महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक विशेष कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागी स्वचालित विद्युतिय आर।ओ।प्लान्ट हस्तान्तरण गरेको हो । स्वस्थ जीवनयापनकालागी शुद्घ खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्बित हुने उद्देश्यले आर। ओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए ।

    उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ।


    artha chautari
  • सोमबार, २३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट