logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • आइएमई जनरल इन्स्योरेन्सले ल्यायो हेल्थपल्स बीमालेख

    आइएमई जनरल इन्स्योरेन्सले ल्यायो हेल्थपल्स बीमालेख

    • artha chautari
    • सोमबार, २३ फाल्गुन २०७८
    7.3K
    SHARES
    आइएमई जनरल इन्स्योरेन्सले ल्यायो हेल्थपल्स बीमालेख

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आइजिआई हेल्थपल्स बीमालेख सेवा शुभारम्भ गरेको छ । कम्पनीले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त सेवा शुभारम्भ गरेको जनाकारी दिएको हो ।

    हेल्थपल्स बीमालेख दुर्घटना, स्वास्थ्य तथा घातक रोगका लागि एउटै छाता भित्र समेट्नेगरि हेल्थपल्स बीमालेख ल्याइएको हो । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरूको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधि उपचार बीमा र घातक रोग बीमा समावेश गरिएको छ । आइजिआई हेल्थपल्स बीमालेखको यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरूको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातक रोग बीमा समावेश गरिएको छ ।

    क) दुर्घटना बीमाः यस बीमालेख अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरूलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरिक अङ्गभङ्ग हुन गएमा बीमालेखमा उल्लेखित रु.५ लाख देखि १५ लाख सीमा सम्मको सुविधाहरू प्रदान
    गरिनेछ।

    ख) औषधोपचार बीमाः यस बीमालेख अन्तर्गत बीमलेखको अधीनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च रु।१ लाख देखि ५ लाखसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिनेछ।

    ग) घातक रोगः यस बीमालेख अन्तर्गत बीमलेखको अधीनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतीक्षा अवधि पश्चात् बीमित सदस्यहरूलाई कुनै घातक रोगहरू लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिनेछ ।

    -परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ वर्ष देखी २४ वर्ष सम्म, अविवाहित तथा रोजगारी नभएको हुनुपर्ने ।
    -बीमालेख जारी गरिएको मितिले औषधोउपचार बीमा अन्तर्गत ३० दिनको, घातक रोगको लागी ९० दिनको र Maternity को लागि ९ महिनाको Waiting Period लाग्ने छ।
    -औषधोपचार बीमालेख अन्तर्गत नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ।
    -यस बीमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समावेश गरिएको छ।
    -यस बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिनेछ।

    साथै कम्पनीबाट आफ्नो निजी सवारी साधनहरूको बीमा गरेका ग्राहकहरूले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुह्येश्वरी मार्ग स्थित स्पार्क आटोकेयरमा लगेर मर्मत संभार गर्न सक्नेछन्। सो मर्मत संभार बापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क आटोकेयरलाई सिधै भुक्तानी गर्न सक्ने छ । आईजिआई इजी क्यासलेस क्लेम सेटलेमन्ट सेवा हाललाई उपत्यकामा मात्र लागू हुने कम्पनीले जनाएको छ ।


    artha chautari
  • सोमबार, २३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट