logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • कोका–कोला नेपालले एक हजार महिला व्यवसायीहरुलाई सक्षम तालिम प्रदान गर्दै

    कोका–कोला नेपालले एक हजार महिला व्यवसायीहरुलाई सक्षम तालिम प्रदान गर्दै

    4.1K
    SHARES
    कोका–कोला नेपालले एक हजार महिला व्यवसायीहरुलाई सक्षम तालिम प्रदान गर्दै

    काठमाडौं । महिला सशक्तिकरण र समानताले समाजमा थुप्रै सकरात्मक प्रभाव पर्ने कुरा त सर्वविदित नै छ । त्यसैले कोका–कोला सदैव आफ्नो कार्यस्थल र बाहिर पनि महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु गर्दै समाजमा सकरात्मक प्रभाव ल्याउन प्रयासरत छ ।

    यस्तै कार्यक्रमहरुकै श्रृंखला अन्तर्गत कोका–कोलाले नेपालको लागि आफ्नो बोटलिङ पार्ट्नर बोटलर्स नेपालसँग मिलेर “सक्षम” कार्यक्रम शुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठाउँमा किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजार महिला व्यवसायीहरुलाई व्यवसायिक तालिम दिने योजना रहेको छ ।

    अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को नारा “दिगो भविष्यको लागि आज लैङ्गिक समानता” भन्ने नारालाई समर्थन गर्दै यो कार्यक्रममा महिलाहरुलाई व्यापारिक र आर्थिक रुपमा सक्षम बनाउने योजना राखिएको छ । यो कार्यक्रमले महिलाहरुलाई त्यस्तो ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेको छ जसले उनीहरुलाई आफ्नो व्यापार अझै राम्रोसँग सञ्चालन गर्दै समग्रमा राष्ट्रकै आर्थिक विकासमा सहयोग पुर्याउन सक्षम बनाउँछ । त्यसैले यो कार्यक्रम यस्ता पसल सञ्चालन गर्ने महिलाहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई र डिजिटल वालेटको प्रयोग जस्ता विषयमा क्षमता अभिवृद्धि गर्न डिजाइन गरिएको हो ।

    कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “हामी विश्वास गर्छौ कि एउटा नारी सक्षम हुनु भनेको सम्पूर्ण राष्ट्र नै सक्षम हुनु हो । त्यसैले हामीले महिलालाई सक्षम बनाउने उद्देश्यले पहिला पनि “स्टार” र “फाइभ वाइ २०” जस्ता कार्यक्रमहरु सञ्चालन गरेका थियौँ र ती कार्यक्रमहरुले उनीँँहरुको जीवनमा सकरात्मक परिवर्तन पनि ल्याउन सफल भएका थिए, जुन हाम्रो लागि खुशीको कुरा हो । र महिला सशक्तिकरण सम्बन्धि यस्तै कार्यक्रमहरु सञ्चालन गर्ने अभियान अन्तर्गत यो वर्ष हामीले नेपालभरि साना किराना पसल र खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १ हजार महिलाहरुलाई व्यवसायिक तालिम दिँदै छौँ । हामीलाई आशा छ कि यो कार्यक्रममा सहभागि महिलाहरुको जीवनमा पनि प्रभावकारी परिवर्तन आउनेछ ।”


    अर्थ चाैतारी
  • सोमबार, २३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved