images

आगलागिको चार महिना पछि नेविकोको कम व्याक, एकै पल्ट ४ नयाँ उत्पादन बजारमा

  • March 7, 2022

काठमाडौं । पाँच दशकको अनुभव संगालेको नेपालको पहिलो बिस्कुट कन्फेन्सरी उत्पादक नेविकोको मुख्य उत्पादन पलान्टमा आगालागिको ४ महिना पछि एकै साथ ४ नयाँ उत्पादन बाजारमा ल्याएको छ । सोमबारबाट नेविकोले बिस्कुटमा डाएजेस्टिभ–५०, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स ब्रान्ड बजारमा ल्याएको हो ।

यस कम्पनीले आफ्ना उत्पादनहरु आकर्षक देखाउन र उपभोक्ताहरु समक्ष सुरक्षित पुर्याउन प्याकेजिङमा सकेत विशेष ध्यान दिदै आएको कम्पनीले जनाएको छ । उपभोक्ताहरुको स्वास्थ्यमा ध्यान राखी कम्पनीले उत्पादनको गृणस्तरमा समेत वृद्धि गरेको जनाएको छ ।

images

१५० ग्रामको डाएजेस्टिभ–५० बिस्कुटको मुल्य ५० रुपैयाँ, १८० ग्रामको नाइस मिल्क कुकिजको मुल्य ५० रुपैयाँ, ८०० ग्रममको कुरुम कुरुम चिराको मुल्य ९५ रुपैयाँ र ३५ ग्रामको प्याकेटमा भएको साल्टेड पिनट्सको मुल्य २० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै कम्पनीको बालाजु औधोगिक क्षेत्रमा मुख्य पलान्टमा आगलागि भएको ४ महिना पछि पुरानै अवस्थामा र्फकाउन सफल भएको हो ।