logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • माग पूरा नभए चैत १ देखि मेलम्ची आयोजनाको काम रोक्ने स्थानीयको चेतावनी

    माग पूरा नभए चैत १ देखि मेलम्ची आयोजनाको काम रोक्ने स्थानीयको चेतावनी

    7.4K
    SHARES
    माग पूरा नभए चैत १ देखि मेलम्ची आयोजनाको काम रोक्ने स्थानीयको चेतावनी

    काठमाडौं । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले एक साताभित्र आफ्ना ६ बुँदे माग सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन्। मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले विज्ञप्ति जारी गरी आफ्ना मागहरू सम्बोधन गर्न सकिने अवस्था हुँदाहुँदै पनि सम्बोधन नगरिएकाले मुहान क्षेत्र लगायत आयोजना क्षेत्रका सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको हो।

    मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासका लागि मेलम्ची खानेपानी विकास समितिले नियमित रूपमा उपलब्ध गराउँदै आएको बजेट तत्काल उपलब्ध गराउनुपर्ने, नदीलाई पुरानै धारमा फर्काउनुपर्ने, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहि¥याउनुपर्ने र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग उनीहरूको छ।

    यसैगरी मेलम्ची र इन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन कटान भएकाले सो क्षेत्रको जमिन संरक्षण र खेतीयोग्य जमिन बचाउन मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गर्नुपर्ने माग स्थानीयले राखेका छन्। मेलम्ची नदीको पानी काठमाडौं आएपछि मेलम्चीवासीले लेभी पाउने सहमति भएर विभिन्न अध्ययन भएर प्रक्रिया बढेको तर हालसम्म कुनै निर्णय नभएकाले तत्काल लेभी निर्धारण गर्नुपर्ने र वर्षामा सहज आवतजावत गर्न सकिने गरी सडक निर्माण तत्काल अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन्।

    हेलम्बु–मेलम्ची क्षेत्रमा गएको बाढीपहिरोका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायमा पटकपटक आग्रह गर्दा पनि गम्भीरतापूर्वक नलिएको भन्दै तत्काल सो समस्या समधान गर्न उनीहरूले आग्रह गरेका छन्। हाल आयोजनाले चैतभित्रै उपत्यकामा पानी ल्याउने तयारीका साथ आयोजना पुनर्निर्माण गरिरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved