logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • भक्तपुरमा सीसीटीभी जडान गर्न सेञ्चुरी बैंकको सहयोग

    भक्तपुरमा सीसीटीभी जडान गर्न सेञ्चुरी बैंकको सहयोग

    • artha chautari
    • मंगलबार, २४ फाल्गुन २०७८
    6.9K
    SHARES
    भक्तपुरमा सीसीटीभी जडान गर्न सेञ्चुरी बैंकको सहयोग

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा समितिलाई उक्त सहयोग गरेको हो ।

    बैंकका बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई हस्तान्तरण गरे । समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य–मुख्य चोक, सिमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सीसीटीभी जडान गर्न सहज हुने बताए ।

    साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीतामन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । यस्तै, बैंकले भक्तपुरमा तीनशा खामार्फत सेवा प्रदानगर्दै आएको बताएको छ ।


    artha chautari
  • मंगलबार, २४ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट