काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । गोलाप्रथाबाट भएको बाँडफाँटमा ७७ हजार ४५६ जना आवेदक लक्की ठहरिएका छन् । उनीहरुले सेयर पाएका छन् ।
बाँडफाँटमा ७७ हजार ४५३ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । २५ लाख २७ हजार १०१ जना आवेदकले आवेदन दिएकोमा २५ लाख २२ हजार ९५५ जना मात्रै योग्य आवेदक ठहरिएका थिए ।
नेष्डोले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काशन गरेकोमा ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणलाई ७ लाख ७४ हजार ५६३ कित्ता छुट्याईएको थियो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times