logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न चैत १७ गते साधारण सभा बोलायो

    एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न चैत १७ गते साधारण सभा बोलायो

    7.4K
    SHARES
    एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न चैत १७ गते साधारण सभा बोलायो

    काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा १६ औं वार्षिक साधारण सभा बोलाएको हो।



    सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

    शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्नेछ। यस्तै, सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ। साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार चैत २ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने शेयर पाउनेछन्।


    अर्थ चाैतारी
  • मंगलबार, २४ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट