logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • घरायसी सामान बिक्री गर्दै आएको त्रिवेणी व्यापारको डिलरमिट काठमाडौंमा सम्पन्न

    घरायसी सामान बिक्री गर्दै आएको त्रिवेणी व्यापारको डिलरमिट काठमाडौंमा सम्पन्न

    2.8K
    SHARES
    घरायसी सामान बिक्री गर्दै आएको त्रिवेणी व्यापारको डिलरमिट काठमाडौंमा सम्पन्न

    काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीले नेपालमा बिक्री वितरण गर्दै आएको घरायसी सामानको आधिकारिक बिक्रेताहरु संगको भेटघाट (डिलरमिट) सम्पन्न गरेको छ ।

    कम्पनीले आफ्ना नेपालभरि रहेका आधिकारकि बिक्रेताहरुलाई उत्साहित गर्ने र बिक्रीबितरणमा आएको समस्या समाधान गर्ने आधिकारिक बिक्रेताहरु संग डिलर मिट आयोजना गरेको हो । डिलर मिट कार्यक्रममा कम्पनीको तर्फबाट कम्पनीका महाप्रबन्धक जितेन्द्र सिंहले आगामी ब्यापार प्रवद्र्धन योजनाको बारेमा जानकारी गराक्एा थिए । सिंहका अनुसार आगामी दिनमा अझै नयाँ प्रोडक्ट र टेक्नोलोजीका साथ कम्पनी प्रस्तुत हुने जानकारी दिए ।

    त्रिवेणी व्यापार कम्पनीका निर्देशक शैलेस सिंघाईले त्रिवेणी व्यापार कम्पनीले बिक्रीबितरण गदै आएको गुणस्तरीय घरायसी समानहरुको बिक्रीबितरणमा डिलर्सहरुको महत्वपुर्ण भुमिका रहेको र त्रिवेणी ग्रुप अन्तर्गतका ब्राण्डहरुको सामान गुणस्तरका हिसाबले परिपक्व हुने भएका कारण त्रिवेणीप्रति बजारमा व्यवसायीक विश्वास बढ्दै गएको कुरामा जोड दिए । साथै उक्त कार्यक्रममा कम्पनीले यासुदा ब्राण्ड नेपालको नम्बर १ साना घरायसी ब्राण्डको रुपमा स्थापित भएको जानकारी गराउँदै सम्पूर्ण ग्राहक तथा डिलरहरुलाई ब्राण्डप्रतिको विश्वासको लागि आभार प्रकट गरे ।


    अर्थ चाैतारी
  • २०७८ फागुन २४, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट