images

सुनको मूल्य २५ सय रुपैयाँले बढ्यो, प्रतितोला १ लाख ५ हजार ५०० रुपैयां कायम

  • फाल्गुन २५ २०७८, बुधबार

काठमाडौं । रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो ।

महासंघले नेपाली बजारमा आजै प्रतितोला २५ सय रुपैयाँले बढेको जानकारी दिएको छ । एकै दिन उच्च मूल्यले बढ्दै छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images

यसअघि, गत वर्ष २०७७ साल साउन २३ गते सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुन फेरी बढेर १ लाख ५ हजारभन्दा बढी पुगेको हो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । हिजो तोलामा १४ सय १० रुपैयाँले कारोबार भएको चाँदी आज एकै दिन प्रतितोला ४० रुपैयाँले बढेको हो । युरोएसियाली मुलुक रुस र युक्रेन आपसमा सैन्य भिडन्तमा लाग्दा विश्व बजारमा सुन, पेट्रोल, डिजेल, एलपी ग्यास, खानेतेल लगायत सबैजसो प्रमुख कमोडिटी वस्तुको मूल्य आकासिएको छ ।

images