logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • नबिल इन्भेष्टमेण्ट बैंकले गर्‍यो, धितोपत्र सम्बन्धि कार्यक्रम

    नबिल इन्भेष्टमेण्ट बैंकले गर्‍यो, धितोपत्र सम्बन्धि कार्यक्रम

    6.3K
    SHARES
    नबिल इन्भेष्टमेण्ट बैंकले गर्‍यो, धितोपत्र सम्बन्धि कार्यक्रम

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको काम, कर्तव्य र अधिकारहरूका बारेमा जानकारी दिने उद्देश्यले नबिल इन्भेष्टमेन्ट बैंकले धितोपत्र सम्बन्धि कार्यक्रम गरेको छ । नेपालको शेयर बजारमा कसरी प्रवेश गर्ने र धितोपत्र सम्बन्धि विद्यमान ऐन नियम तथा निर्देशनहरूमा भएको व्यवस्थाको बारेमा जानकारी दिन उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नम्बर ७ को धनगढीमा कार्यक्रम भएको हो ।

    कार्यक्रमा धितोपत्र बजारबाट लिन सकिने फाइदा र मर्चेन्ट बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा बैंकका विभाग प्रमुख विकाशचन्द्र भण्डारीले बताए प्रकाश पारेका थिए । साथै, उनले आगामी दिनमा यस्ता कार्यक्रम सातै प्रदेशमा गर्ने बताए । नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । त्यसैले धितोपत्र बजारमा हुन सक्ने जोखिमहरूको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट