logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • आईपीओ जारी गर्न सेबोनको अनुमति पर्खिंदै २६ कम्पनी, कसको कति कित्ता ? (सूचीसहित)

    आईपीओ जारी गर्न सेबोनको अनुमति पर्खिंदै २६ कम्पनी, कसको कति कित्ता ? (सूचीसहित)

    4K
    SHARES
    आईपीओ जारी गर्न सेबोनको अनुमति पर्खिंदै २६ कम्पनी, कसको कति कित्ता ? (सूचीसहित)

    काठमाडौं । लामो समय रोकिएको कम्पनीहरुलाई आईपीओ निष्कासन अनुमति दिने प्रक्रिया खुलेसँगै प्राथमिक बजारमा पुनः चमक देखिन थालेको छ।

    पछिल्लो समय आईपीओ भर्नकै लागि डिम्याट खाता र मेरो सेयर लिनेको संख्या बढ्दै गएको छ। हालसम्म ५० लाख बढीले डिम्याट खाता खोलिसकेका छन् भने मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ४१ लाख नाघेको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन० का तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै आईपीओ निष्कासनको अनुमति दिने प्रक्रिया रोकिएको छ। गत साउन ४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसपछि यो प्रक्रिया रोकिएको छ।

    पछिल्लोपटक गत माघ ९ गते धितोपत्र बोर्डको सञ्चालक समितिले एकैपटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। तीमध्ये हालसम्म अधिकांश आईपीओ निष्कासन गरिसकेका छन्। अहिले पनि धितोपत्र बोर्डको पाइपलाइनमा २६ वटा कम्पनीको आईपीओ स्वीकृतिको पर्खाइमा छन्। धितोपत्र बोर्डबाट अनुमति पाएपछि ती कम्पनीले धमाधम आईपीओ निष्कासन गर्नेछन्।

    धितोपत्र बोर्डको पाइपलाइनमा २० वटा जलविद्युत् कम्पनी, ३ वटा लघुवित्त, २ वटा बीमा र एउटा अन्य समूहका कम्पनीको आईपीओ स्वीकृतिको पर्खाइमा छन्। यी कम्पनीले ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछन्। जसअनुसार यी कम्पनीहरुले कुल ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता आईपीओ जारी गर्नेछन्।

    कुन कम्पनीको कति कित्ता ?


    अर्थ चाैतारी
  • २०७८ फागुन २६, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट