images

नेप्सेमा ३०.२९ अङ्‌को पहिरो, २ अर्ब ३५ करोडको कारोबार

  • March 9, 2022

काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज ३०.२९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५१४.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इक्डेक्स पनि ५.४६ अंकले घटेर ४८७.०७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम सवा २ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक ३.०३ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.३५ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.७८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४१ प्रतिशत, जलविद्युत समूहमा १.८३ प्रतिशत, वित्त समूहमा २.२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७९ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.८९ प्रतिशत, जीवन बीमा समूहमा १।०७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१९ प्रतिशत र लगानी समूहमा १.६५ प्रतिशतको गिरावट आएको छ।

images

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४९ लाख ५९ हजार ९१९ कित्ता सेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल टेलिकमको सर्वाधिक १० करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको १० करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ९ करोड ७९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ९ करोड ३८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड १५ लाख रुपैयाँ, पाँचथर पावरको ६ करोड ५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको ५ करोड ९५ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड ७७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन विशाल बजार कम्पनी र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीका सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।