logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

    महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

    8.7K
    SHARES
    महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका डोप्कास्थित रहेको नेपाल राष्ट्रिय प्राथमिकका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद दिएको छ । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने बताए ।

    साथै, उनले आगामी दिनहरुमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्ने बताएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आइरहेको छ । उक्त झोला वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले देशभर रहेको १०३ वटा शाखामार्फत वित्तिय सेवा दिदै आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved