images

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

  • फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। सुर्खेत निवासी उनी नेपाल विद्युत प्राधिकरणका सञ्चालक समेत भएका थिए ।

images

उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र समेत हुन् । यसअघि संस्थापन इतर समूहको बाहुल्यता रहेको सिडेनमा देउवा निकट समूह खडा गरेर थानी अध्यक्ष निर्वाचित हुन सफल भएका थिए ।

images