logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • सञ्‍चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

    सञ्‍चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

    8.6K
    SHARES
    सञ्‍चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

    काठमाडौं । बहुराष्ट्रिय ‘सफ्ट ड्रिङ्‌क्स’ उत्पादक कम्पनी कोकाकोलाका उत्पादन गरिरहेको नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । ७ अर्ब ४३ करोड जरिवाना र सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो ।



    नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ मा आयरलैण्डस्थित यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो । कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८८३ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मूल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने ३ हजार ३४७ रुपैयाँ प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

    सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार ३०१ कित्ता शेयर बिक्रीवापत ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ रुपैयाँ पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५५ का दरले १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२, सोही ऐनको दफा ७(१) बमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने ३ करोड ४१ लाख ९५०, दफा ११८ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२, दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख ६५ हजार ११५ र दफा १२०(ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ समेत कूल बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको विभागले जानकारी दिएको हो ।​

    बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन हुँदा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिएको विभागले जनाएको छ । साथै, शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐन २०५८ को दफा ५७ को प्रकृया पूरा गरी आर्थिक वर्ष २०७१/०७२ को छुट्टाछुट्टै आय विवरण पेश नगरी तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ४ को (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।​

    विभागले बोटलर्स नेपाल लिमिटेड र सो कम्पनीको शेयर होल्डर कोकाकोला साब्को एसियाका तर्फबाट ९ जना बोर्ड सदस्यहरू तथा कम्पनीका प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका थप ८ जनालाई प्रतिवादी बनाएको छ ।

     


    अर्थ चाैतारी
  • शनिबार, २८ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved